भैरहवा - नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेकपाका केन्द्रीय अध्यक्ष नेत्रविक्रम चन्द विप्लवको गाउँमा छापा मारेको छ। कपिलवस्तुको सुन्दरी डाँडामा छापा मार्दा प्रहरीले एकजना व्यक्तिसहित केही थान हतियार बरामद गरेको हो।
नेपाल प्रहरीका प्रदेश नं ५ का प्रमुख डिआइजी पीताम्बर अधिकारीका अनुसार प्रहरीले हतियारसहितका नेकपाका कार्यकर्ता भएको खबर पाएपछि प्रहरीले आकस्मिक चेक गर्दा उक्त हतियार बरामद गरेको हो। डिआइजी अधिकारी भने, ‘केही थान हतियार र एकजना व्यक्ति पक्राउ परेका छन्। हाम्रो अप्रेसन जारी छ।’
प्रहरीले छापा मार्दा कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ अञ्चलपुर बस्ने वर्ष ३९ का दुर्गाबहादुर रोकालाई हतियारसहित पक्राउ गरेको बताएको छ।
रोकाको घरबाट म्याग्जिन ३ थान, ६८ राउन्ड गोली, च्यनिज पेस्तोल १ नाल, म्याग्जिन र ३ राउन्ड गोली, एम १६ को १२९ राउन्ड गोली, वाइरिङ तार त रिमोटसमेत बरामद भएको प्रहरीले बताएको छ।
यति बेला प्रहरी सुन्दरी डाँडामा छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीमा १ सय ६८ जना रहेको बुझिएको छ। यद्यपि गाउँलेले प्रहरीविरुद्ध नाराबाजी गरेको खबर छ।
सशस्त्र प्रहरी बल नेपाल ५ नं बाहिनी चन्द्रौटाका प्रमुख डिआइजी चिरञ्जीवी अधिकारीले भने संयक्त अप्रेसन भएको तर विस्तृत विवरण आइनसकेको बताए। नेकपा अध्यक्ष विप्लवको स्थायी घर भगवानपुरमा पर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४