शनिबार, साउन १६, २०८३

किन भेला हुँदैछन् मानव धर्मका लाख भक्त?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी - मानव धर्मको कार्यक्रममा झापाको धुलाबारीमा तीन देशका भक्तजन भेला हुने भएका छन्। आजदेखि २ दिनसम्म झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ नामक कार्यक्रममा नेपालसहित भुटान र  भारतका भक्तजन आउने भएका छन्।

धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्ससंग हुँदैछ। कार्यक्रममा तीन देशका करिब एक लाख भक्तजनको सहभागिता हुने अनुमान आयोजकको छ।

समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी आइसकेका छन।

समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताए। ‘समारोहमा सहभागी हुन देशविदेशका भक्तजन आउने क्रम शुरू भइसकेको छ, स्वयंसेवकहरूले विगत एक महिनादेखि तयारी गरिरहेका छन्,’ उनले भने।

समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ। भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ। बिहीबार सत्संग समारोह शुरू हुनुअघि बिहान शोभायात्रा गरिने छ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन्। कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ।

कार्यक्रममको पूर्वसन्ध्यामा बुधवार बिहान धुलाबारी बजार क्षेत्रमा सरसफाई गरिएको छ। सत्संग आयोजक नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागितामा बजार सरसफाई गरेका हुन। कार्यक्रममा मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेश पनेरु लगायतको उपस्थिति थियो।

आध्यात्मिक प्रचारप्रसार र सामुदायिक स्वास्थ्यका लागि सरसफाई आवश्यक रहेको सन्देश दिन बजार सरसफाई गरिएको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव इन्द्र प्रधानले बताए। सत्संगकै पूर्वसन्ध्यामा आज बुधबार राष्ट्रिय बालसभा उत्सव समेत भएको छ।

कार्यक्रममा देशभरबाट आएका बालबालिकाले विभिन्न कला संस्कृति र अध्यात्म झल्किने प्रस्तुती प्रदर्शन गर्ने सचिव प्रधानले बताए। उनका अनुसार उत्सवमा उत्कृष्ट भएका प्रस्तुतिलाई विराट सत्संग समारोहमा समेत स्थान दिइने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।