शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न : कमल थापा

हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न : कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कृष्णनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे। 

मुलुकमा ब्याप्त भ्रस्टाचार र बेथितिप्रति थापाले तिखो प्रहार गर्दै भने, ‘मुलुकमा ब्रम्हलुट छ, यसको अन्त्यको लागि जनता जाग्नुपर्छ।’ मधेसी जनताको हक हित र समृद्धि तर्फ भन्दा पनि भोटको राजनीति मात्र हुनु दुःखद् भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेसी जनताले सिमामा बसेर खेलेको भूमिकाको उच्च प्रशंसा गरे। 

०६२/६३ को आन्दोलनको त्रुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो। बिहीबार कृष्णनगरबाट विभिन्न स्थानमा सभा गर्दै यात्रा सुर्खेत पुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।