शनिबार, साउन १६, २०८३

कलङ्की-महाराजगञ्ज सडक कहिले विस्तार हुन्छ ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- कोटेश्वर-कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । 

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर-कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ । 

चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ । 

प्रमुख श्रेष्ठले भने, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर–कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न विभागले चिनियाँ पक्षलाई भनिरहेको बताएको छ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ । 

दुई देशमा रहेका सांस्कृतिक भिन्नताका कारण कोटेश्वर–कलङ्की सडकमा समस्या देखिएको बताइएको छ । प्रमुख श्रेष्ठले भने, “रोड डिभाइडरको काम चीनमा सडक चिह्नले गर्ने भए पनि यहाँ पर्खाल चाहिने खालको हाम्रो सोचाइ रहेको छ ।” 

आकाशे पुल वा ‘अण्डरपास’ कति वटा र कुन कुन ठाउँमा बनाउने भन्ने चीनले गर्ने लगानीमा निर्भर हुने विभागले जनाएको छ । यो सडकको लम्बाइ झण्डै आठ किलोमिटर छ । निर्माण सम्पन्न भएको कोटेश्वरबाट कलङ्कीसम्मको सडक झण्डै १० किलोमिटर छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।