शनिबार, साउन १६, २०८३

विप्लवको राप्ती बन्दले रोल्पाकाे जनजीवन प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रोल्पा- प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । 

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् । बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् । 

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । 

राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।