शनिबार, साउन १६, २०८३

कैलालीबाट २ किलो ३ सय ग्राम सुनसहित व्यापारी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कैलाली- धनगढीका एक ब्यापारीलाई प्रहरीले दूइ किलो तीन सय ग्राम सुनसहित पक्राउ गरेको छ। कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले कैलालीको चिसापानीमा चेकजाँचका क्रममा उक्त सुन सहित पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले बुधबार मध्यराति पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यापारीको नाम भने खुलाईएको छैन । व्यापारीसँग एक किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिए पनि एक किलो सुनको भने विल नभेटिएको प्रहरीले जानकारी दिएको छ । 

व्यापारीले उक्त सुन काठमाडौँबाट खरिद गरेर ल्याएको दाबी गरिरहेको प्रहरीले जनाएको छ। घट्ना बारे बिस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने कैलाली प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।