शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निक्षेपकर्तालाई मौसमी लाभ नलिन अर्थमन्त्रीको निर्देशन

निक्षेपकर्तालाई मौसमी लाभ नलिन अर्थमन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– व्याजदरमा भएको अस्वभाविक प्रतिस्पर्धाप्रति सरकारले चासो दिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा अस्वभाविक प्रतिस्पर्धा गर्ने काम नगर्न तथा संस्थागत निक्षेपकर्ताहरुलाई पनि अत्यन्त धेरै मौसमी लाभ नलिन निर्देशन दिएका हुन्।

‘ब्याजदरमा अस्वभाविक प्रतिस्पर्धा गर्ने काम नगरौं,’ उनले भने ‘साथै संस्थागत निक्षेपकर्ताहरुले पनि सोच्नुहोस्। तपाईहरुले अत्यन्त धेरै मौसमी लाभ लिन नखोज्नुहोस्।’ यसलाई हस्तक्षेप, निर्देशन, सल्लाह, सुझाब जे अर्थ लाए पनि हुने उनको भनाइ छ।
 
उनले नेपाल इन्फ्रास्ष्ट्रक्चर डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा बुधबार असन्तुलित रहेको ब्याजदरलाई सन्तुलन पार्न जोड दिए। ‘एउटा उखान छ बिरालो कालो वा सेतो भएपनि मुसा मारोस्,’ उनले भने ‘मुसा मर्यो भने बिरालो जस्तो होस् हामीलाई अर्थ छैन।’ मुसा मर्ने भनेको ब्याजदर सन्तुलित होस्। व्यवसायमैत्री होस्। व्यवसाय समृद्धीहोस् भन्ने रहेको उनको भनाइ छ।

बैंक पनि नीजि क्षेत्रकै र उद्योगी व्यवसायीहरु पनि नीजि क्षेत्रकै भएकोले एकआपसमा पाखुरा सुर्कासुर्की नगर्न उनले अग्रह गरे। ‘यस कार्य हामीलाई पटक्कै मन परेको छैन,’ उनले भने ‘तपाईहरु उद्योग वाणिज्य क्षेत्रका साझा संगठन हुनुहुन्छ। बसेर छलफल गर्नुहोस्।’

उनका अनुसार साझा रुपमा निष्कर्ष निकाल्न आवश्यक छ। सरकारले कहाँनेर हस्तक्षेप गर्नुपर्यो त्यहाँनेर हस्तक्षेप गर्छ। ‘हामी जताभावी हात फैलाउदैनौं। राजनैतिक भाषामा सुँढ पसार्ने भन्छन्। हामी सुँढ पसार्न इच्छुक छैनौं,’ उनले भने ‘हाम्रो त्यो अभिप्राय पनि होइन। तपाईहरु झगडा गर्नुभयो भने झगडा मिलाउन चाहीं हामी तयार हुनुपर्दछ। झगडा नगर्नुहोस् अतिवादमा दुवै नजाऔं।’

उनका अनुसार ब्याजदरमा ६ र १६ अंकबीचको मिलन विन्दु खोजौं। त्यो मिलन विन्दु कति हो अंक गणितको हिसाब गर्नेलाई औसतमा थाहा हुन्छ। औसत हुनेगरी हिसाब गरौं। लगानीको लागि सम्भावनाहरु आउछन्। दिर्घकालीन लगानी जुट्छ। ऋिण पनि तिर्न सकिन्छ। बैंकहरुको पनि विकास हुन्छ।

‘तपाईहरु २८ वटा बैंक हुनुभएको छ। हामी धेरै भयौं भनेर भनिरहनुभएको छ। मसंगको व्यक्तीगत भेटमा हामी धेरै भयौं भन्नुहुन्छ,’ उनले भने ‘तर कुनै दुईटा मिलेर एक हुन चाहीँ सक्नु भएको छैन।’ त्यसैले तपाहरु धेरै भयौं भनेर भन्नेहरु एक ठाँउ बसेर सल्लाह गर्नुहोस्। सक्षम तथा क्षमतावान बन्नुहोस्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्