काठमाडौं- आज फागुन २२ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले तराई मधेसमा केही तत्वले देश टुक्र्याउन चलखेल गरिरहेको बताएका छन्। उनले मधेश स्वतन्त्र देश भन्नेहरु विखन्डनकारी भएको बताउँदै त्यस्तालाई राज्यले तत्काल कारबाही गर्नुपर्ने बताए।
नेपालको सबैभन्दा लामो दुरीको १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबारदेखि सुरु भएको छ। धनुषाको ठेरा कचुरीको मठबाट मिथिला विहारीको डोलासँग सुरु भएको परिक्रमा बुधबार जनकपुरमा विश्रामको लागि बसेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई गरेको समर्थन फिर्ता लिएको छ। टीकापुर घटनाका अभियुक्त एवम् राजपाका सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फसला गरेपछि राजपाले यस्तो निर्णय लिएको हो।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले क्याम्पसमा विद्यार्थिको संख्या धेरै देखाएर ठूलो क्याम्पस बन्नुभन्दा थोरै तर असल विद्यार्थि भएको क्याम्पसको रुपमा परिचीत हुनेगरी प्रतिसपर्धा गर्ने बेला आएको बताएका छन्। बुधबार भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले आजको अवाश्यक्ता गुणात्मक शिक्षा भएकाले राम्रा र असल विद्यार्थि उत्पादनमा क्याम्पसहरु लाग्नु पर्ने बताए।
नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै एक सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान थालेको छ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन ६ दिने जिल्ला भ्रमण जाने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जिल्ला अदालत कैलालीकाे फैसला विरुद्ध राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। बुधबार संघीय संसदमा पत्रकारहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै महतोले रेशम चौधरी विरुद्ध कैलाली अदालतले गरेको फैसलाले राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका हुन्। उनले विद्रोहमा सम्पूर्ण थारु तथा जनजातीहरुको सहभागिता रहने बताए।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी सभापति शेरबहादुर देउवा विरोधी नेताहरुको विशेष जमघट भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएको छ। खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण नेपालगञ्जका कार्यालय प्रमुख विनोद कुमार श्रीवास्तवलाई ३५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियारले आफ्नो नियन्त्रणमा लिएको हो।
साढे ३ वर्ष पहिले टीकापुरमा भएको नरसंहारका पीडितहरुले अदालतको फैसलापछि न्याय पाएको अनुभूति भएको बताएका छन्। घटनामा ज्यान गुमाउनेका आफन्तले अदालतबाट भएको फैसलाको स्वागत गर्दै ढिलै भए पनि न्यायको अनुभूति गरेको प्रतिक्रिया दिएका हुन्।
टीकापुर काण्डमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्ष मण्डलको बैठक केन्द्रीय कार्यालय बबरमहलमा बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन्। उनी स्वास्थ्य परिक्षणका लागि बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा भर्ना भएका अस्पताल स्रोतले जानकारी दिएको छ।
केन्यामा हुने भनिएको ‘एट नेसन’ ए टी-२० क्रिकेट सिरिज प्रतियोगिता सरेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले समेत सहभागिता जनाउने भनिएको यउक्र प्रतियोगिता करिब तीन हप्ता सरेको हो ।
रूपन्देही सदरमुकाम सिद्धार्थनगरमा रहेको भैरहवा बहुमुखी क्याम्पसले स्वर्ण महोत्सव मनाइरेहको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार समुद्घाटन गर्ने स्वर्णमहोत्सव समारोहको तयारी पूरा भएको क्याम्पस प्रमुख अनिलकुमार झाले बताए। क्याम्पस प्रमुख झाले भने, ‘सबै तयारी पूरा भइसकेको छ। फागुन २२ गते प्रभातफेरीबाट सुरु भई मुख्यमन्त्री शंकर पोखेरलबाट उद्घाटन भएको कार्यक्रम साताव्यापी चल्नेछ। उक्त कार्यक्रम फागुन २९ गते शिक्षामन्त्री गिरीराजमणि पोखरेलले समापन गरेपछि सकिनेछ।’
कैलाली जिल्ला अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । उक्त मुद्दाको बहस सकिएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले बुधबार यस्तो फैसला गरेको हो।
पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्लाको भ्रमण कार्यतालिका स्थगित भएको छ। मंगलबार पूर्व मूमा वडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखा परेपछि भ्रमण स्थगित भएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ।
हिजो मंगरबार इलामको माई नगरपालिका ४ सुखानी क्षेत्रमा पूर्वप्रधानमन्त्री प्रचण्ड देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म भेला भएका थिए । २०२९ साल फागुन २१ गतेकै दिन पञ्चायतविरुद्ध आन्दोलनमा उत्रेका झापा विद्रोहका पाँच नेताहरूको हत्या भएको स्थानमा भेला हुन हजारौं आएका थिए ।
बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलले प्रहरीको लापरबाहीका कारण निर्मला पन्तको हत्यारा पत्ता लगाउन समस्या भएको स्विकार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ ।
तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ ।
भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४