शनिबार, साउन १६, २०८३

सुरु भयो मिथिलाको कुम्भ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपालको सबैभन्दा लामो दुरीको १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबारदेखि सुरु भएको छ। धनुषाको ठेरा कचुरीको मठबाट मिथिला विहारीको डोलासँग सुरु भएको परिक्रमा बुधबार जनकपुरमा विश्रामको लागि बसेको छ।

फागुन शुक्ल औंसी तिथीको दिन बिहान कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा अपरान्ह जनकपुरस्थित रत्नसागर मन्दिरमा पुगेको थियो। परिक्रमामा सहमागी श्रद्धालुहरुले केहिबेर त्यहाँ विश्राम गरे पश्चात जानकी मन्दिरको दर्शन गर्दै विश्रामका लागि जनकपुरस्थित हनुमाननगर पुगेको छ। बुधबार राती हनुमाननगरमा विश्राम गरेर विहिबार बिहनै भारतको कलनाको लागि प्रस्थान गर्नेछ।

यसैगरी जनकपुरको अग्नी कुण्डस्थित किशोरीजीको डोलासमेत हनुमानगरमा विश्राम गरी विहिबारबाट १५ दिने परिक्रमा गर्नेछ।

मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही पुग्नेछ। यसैगरी पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै जनकपुर पुग्नेछ। नेपाल तथा भारतसहित कूल १ सय ३३ किलोमिटर लामो दुरीको पैदल यात्रा जनकपुरमा एक रात विश्रमा गरी फागु पूर्णिमाको दिन सम्पत्र हुने छ।

परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालुहरु सहभागी हुने गरेकोले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भसमेत भत्रे गरिन्छ। १५ दिने मिथिला परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोबञ्छित फल प्राप्त हुने जनश्विास रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।