भैरहवा – प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले क्याम्पसमा विद्यार्थिको संख्या धेरै देखाएर ठूलो क्याम्पस बन्नुभन्दा थोरै तर असल विद्यार्थि भएको क्याम्पसको रुपमा परिचीत हुनेगरी प्रतिसपर्धा गर्ने बेला आएको बताएका छन्। बुधबार भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले आजको अवाश्यक्ता गुणात्मक शिक्षा भएकाले राम्रा र असल विद्यार्थि उत्पादनमा क्याम्पसहरु लाग्नु पर्ने बताए।
‘विश्वविद्यालयहरु प्राज्ञिक थलो बन्नुपर्ने बताए’, उनले भने, ‘विद्यार्थी बिनाको विषय नराखी खोज अनुसन्धान तथा व्यवहारीक र बैज्ञानिक शिक्षालाई क्याम्पसहरुले जोड दिनुपर्दछ।’ मुख्यमन्त्री पोखरेलले क्याम्पसहरु संघीय सरकारले हेरिरहेको बताउँदै प्रदेश सरकार मातहत आए सरकारले प्रायाप्त सहयोग गर्ने पनि बताए।
मुख्यमन्त्री पोखरेलले केन्द्र मार्फत सञ्चालन भएका बिश्व बिद्यालयहरु प्रदेश मातहतमा आउनु जरुरी रहेको समेत बताएका थिए। कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयका मानविकि संकायका डिन प्रा.डा. शिब भुसालले गुणस्तरीय शिक्षामा क्याम्पसहरु लाग्नु पर्ने बताए। उनले भैरहवा क्याम्पसलले प्रदान गरिरहेको शिक्षा गुणस्तरीय भएको भन्दै खुसी समेत व्यक्त गरे।
सो अवसरमा प्रदेश सभा सांसद सन्तोष पाण्डेले विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरुले मात्रै राजनीति गर्ने गरी मापदण्ड बनाउनु पर्ने बताए। उनले क्याम्पसहरुमा राजनीति गर्नेहरु पढाइमा पनि अब्बल हुनुपर्ने बताए।
कार्यक्रममा भैरहवा क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले भैरहवा क्याम्पसले नेपालको उच्च शिक्षामा उल्लेखनीय योगदान दिएको बताए।
पूर्व क्याम्पस प्रमुख बालकृष्ण भट्टराईले विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानको थलोको रुपमा विकास गर्नुपर्ने बताए। पूर्व क्याम्पस प्रमुख एवम् प्राज्ञ सभाका सदस्य प्रा.डा. कपिलदेव लामिछानेले प्रदेश नं. ५ मा भैरहवा क्याम्पस अग्रहणी क्याम्पसको रुपमा रहेको बताए। उनले क्याम्पसहरुलाइ राज्यले प्राज्ञिक थलोको रुपमा विकास गर्नेगरी लगानी गर्नुपर्ने पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४