शनिबार, साउन १६, २०८३

कैलालीमा ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै एक सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान थालेको छ।

नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मुनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई उक्त नाराका साथ एक महिने अभियानका लागि खटाइएको जानकारी दिए। अभियानमा ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ। जिल्ला कार्य समितिको बुधवार केन्द्रीय उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारको उपस्थितिमा बसेको विस्तारित बैठकले उक्त निर्णय गरेको  हो।

जिल्लाको स्थानीयस्तरमा संगठनको वर्तमान अवस्थाको अनुगमन तथा मूल्यांकन गरी यथार्थपरक प्रतिवेदन जिल्लामा बुझाउन प्रतिनिधिहरुलाई निर्देशन दिइएको छ। जिल्लाले विगत २ वर्षदेखि निरन्तर सूचारु राखेको निर्वाचन क्षेत्रदेखि वडास्तरसम्मको प्रशिक्षण लगायत साधारण सदस्यता वितरण अभियान संचालन भए नभएको र वार्षिक सम्मेलनहरु नयाँ संरचना अनुसार आयोजना गर्नसमेत जिम्मेवारी प्रदान गरी पठाइएको कैलाली कांग्रेसले जनाएको छ। 

प्रतिनिधिहरुले स्थानीयस्तरमा भातृ एवम् शुभेच्छु संघसंस्थाहरुको संरचनाको विवरण र भूमिकाका सम्बन्धमा पनि आफ्नो राय, सझाव बुझाउने छन्। पार्टी तथा प्रतिस्पर्धी अन्य राजनीतिक दलहरुबीचको तुल्नात्मक अध्ययन र मुल्यांकन गरी प्रतिवेदनमा निश्कर्षसहित उल्लेख गर्ने भनिएको छ। अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुको समुचित समायोजन तथा व्यवस्थापन गर्न सबै तहका समितिहरुलाई प्रतिनिधिहरु मार्फत निर्देशन दिइएको छ।

सत्ताको आडमा संघीय, प्रदेश हुँदै स्थानीय तहको विकास निर्माण कार्यमा दिनहु बढ्दै गएको व्यापक संस्थागत भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रलाई नियन्त्रण गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै, ढीलो नगरी वडास्तरदेखीनै छाया सरकारको गठन गर्न भनिएको छ। गाउँ घरमा स्थानीय बुद्धिजिवीहरुसँगको छलफल र जनतासँगको प्रत्यक्ष सम्पर्कमा बस्दै, पार्टीका सैद्धान्तिक र वैचारिक पक्षहरु बारे जानकारी गराउनसमेत आग्रह गरिएको छ। 

सबै तहमा एकता तथा मेलमिलापको भावनालाई सुदृढ तुल्याई आपसी भाइचारा र सद्भावलाई वृद्धि गर्न अग्रणी भूमिका खेल्नसमेत प्रतिनिधिहरुलाई निर्देशन दिइएको छ। 

को–को कहाँ खटाइएरु

धनगढी उपमहानगरपालिकामा डा। लक्ष्मीराज पाठक, पदमराज भट्ट, गोपाल देउवा, बसन्ती ओझा, गोमा केसी, रामचन्द्र ओझा ९क०, शारदा केसी, खडकसिंह बडैला, गंगाराम कामी, फिरुराम राना, बिरेन्द्र भट्ट तथा रामचन्द्र ओझा ९ख०लाई जिम्मेवारी दिइएको छ।

गोदावरी नगरपालिकामा टेक बहादुर रैका, पुष्पा भट्ट, प्यारेलाल राना तथा नारायणदत्त भट्ट। चुरे गाउंपालिकामा उत्तम कठायत तथा कृष्ण बहादुर महरा। गौरीगंगा नगरपालिकामा बब्लु चौधरी, रत्ना मल्ल, आनन्दराज जोशी, गजेन्द्रराज पन्त तथा प्रेम बिसीलाई जिम्मेवारी दिइएको छ।

यस्तै कैलारी गाउंपालिकामा रिता चौधरी, चेतराज श्रेष्ठ, टेकराज जोशी, गणेश देउवा, कलावती शाह, जित बहादुर राना तथा रामकुमारी चौधरीलाई खटाइएको छ।

भजनी नगरपालिकामा टेक बहादुर चौधरी, रामसमझ चौधरी, माया चौधरी, प्रतिभा कठरिया तथा बिर बहादुर चौधरी। घोडाघोडी नगरपालिकामा बिर बहादुर हमाल, रामनाथ उपाध्याय, भरतराम चौधरी, सरिता उप्रेती, प्रताप ताम्राकार, विजय स्वाँर तथा परशराम चौधरी। बर्दगोरिया गाउंपालिकामा लक्ष्मीराज जोशी, लोक बहादुर महतो, बुद्धिसागर चौधरी तथा चन्द्र चौधरी। जोशीपुर गाउंपालिकामा पुरन चौधरी, गोविन्दराज जोशी तथा अरुण चौधरी। लम्कीचुहा नगरपालिकामा नृप खडका, रमेश केसी, विष्णुदेवी रावल, देवेन्द्रसिंह नेपाली, धर्मराज न्यौपाने तथा गंगादेवी चौधरी। जानकी गाउंपालिकामा दल बहादुर सांवद, तेज बहादुर बिष्ट, मान बहादुर महतौ, केशरी बिष्ट तथा फकिर सिंह कडायतलाई जिम्मेवारी दिइएको छ।

मोहन्याल गाउंपालिको जिम्मेवारी जनक बहादुर बम, नरसिंह सार्की तथा भिम बडुवाल र टीकापुर नगरपालिकाको जिम्मेवारी कमल बहादुर शाह, शिवा थापा, सुमन सन्जयाल, छत्र टेलर, हुर्मत चलाउने तथा बिरेन्द्र प्रसाद रायलाई दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।