शनिबार, साउन १६, २०८३

टीकापुर फैसलाविरुद्ध विद्रोह गर्ने चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाै‌ - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जिल्ला अदालत कैलालीकाे फैसला विरुद्ध राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। बुधबार संघीय संसदमा पत्रकारहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै महतोले रेशम चौधरी विरुद्ध कैलाली अदालतले गरेको फैसलाले राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका हुन्। उनले विद्रोहमा सम्पूर्ण थारु तथा जनजातीहरुको सहभागिता रहने बताए।

उनले जनप्रतिनिधि विरुद्ध अदालतले सुनाएको जन्मकैदको फैसला मान्य नहु्ने प्रतिक्रिया दिए। अदालतको निर्णयले अन्याय माथि अन्याय भएको उनले बताए। सञ्चारकर्मी माझ प्रश्न गर्दै महताेले  भने "जनताको प्रतिनिधिमाथि जन्मकैदको फैसला गर्न मिल्छ? यो अन्याय माथिको अन्याय हो।" उनले आन्दोलनकारी माथि जन्मकैदको फैसला गर्नु न्यायसंगत नभएको तर्क गर्दै पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला तथा केपी शर्मा ओली विरुद्ध किन जन्मकैदको फैसला नभएको भन्दै आक्रोश पोखे। जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएकाे थियाे। टीकापुर काण्डमा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएपछि राजपा अध्यक्ष मण्डलको बैठक केन्द्रीय कार्यालय बबरमहलमा जारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।