शनिबार, साउन १६, २०८३

घुस रकमसहित कार्यालय प्रमुख पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाै‌ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएको छ। खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण नेपालगञ्जका कार्यालय प्रमुख विनोद कुमार श्रीवास्तवलाई ३५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियारले आफ्नो नियन्त्रणमा लिएको हो।

खाद्य गुणस्तर प्रमाणीकरण (ल्याब टेस्ट) गर्ने कार्यमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा नेपालगञ्जबाट खटिइ गएको अख्तियारको टोलीले श्रीवास्तवलाई रानीतलाउ सब्जीमण्डी सडकबाट नियन्त्रणमा लिएको हो।

यस्तै नेपालगञ्जकै भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण बहादुर चन्दसमेत घुससहित पक्राउ परेका छन्। चन्दले प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँचपासमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ५२ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो। दुबै घटनाबारे अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।