शनिबार, साउन १६, २०८३

स्वास्थ्य जाँचका लागि ओली शिक्षण अस्पतालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन्। उनी स्वास्थ्य परिक्षणका लागि बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा भर्ना भएका अस्पताल स्रोतले जानकारी दिएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय अनुकुल नहुँदा सेन्टरमै उपचारका लागि आएको बताए। उनी मुटुको नियमित परीक्षणका लागि अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रा.डा. अरुण सायमीको संयोजकत्वमा उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ। प्रधानमन्त्रीका थप केही परीक्षण गर्न समय लाग्ने भएकाेले उनलाई २४ घण्टासम्म अस्पतालमै राखिने भएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।