काठमाडाै - पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्लाको भ्रमण कार्यतालिका स्थगित भएको छ। मंगलबार पूर्व मूमा वडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखा परेपछि भ्रमण स्थगित भएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ।
पूर्वराजा ज्ञानेन्द्रको धनुषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको बुधबारबाट भ्रमण गर्ने कार्यतालिका रहेको थियो। भ्रमण सम्बधि अर्को जानकारी पछि प्रकाशित गरिने सचिवालयले जानकारी दिएको छ। रत्नको छातीमा समस्या देखा परेपछि उनलाई मंगलबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४