शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्‍त्री नै भन्‍छन्- प्रहरीको लापरबाहीले निर्मला हत्या जटिल

गृहमन्‍त्री नै भन्‍छन्- प्रहरीको लापरबाहीले निर्मला हत्या जटिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- गृहमन्त्री रामबहादुर थापा वादलले प्रहरीको लापरबाहीका कारण निर्मला पन्तको हत्यारा पत्ता लगाउन समस्या भएको स्विकार गरेका छन् । 

मन्त्री थापाले कैलालीको धनगढी पुगेर प्रहरीले नै प्रमाण नष्ट गरिदिदा अनुसन्धानमा समस्या भएको र, अपराधि पक्राउ गर्न असहज भएको स्विकार गरेका हुन् । घट्ना हुदाका बखत कंचनपुरमा रहेका सुरक्षाकर्मीले लापरवाही गर्दा घट्ना जटिल मोडमा पुगेको उनको भनाई थियो । 

बुधवार धनगढीमा पत्रकार संग कुरागर्दै थापाले उक्त घट्नाको सूक्ष्म ढंगले अनुसन्धान भैरहेकोले चाडै हत्यारा पत्ता लाग्ने दाबी गरे । घट्नाको अनुसन्धानका लागि प्रहरीको छुट्टै टोली नै कंचनपुरमा खटिएको भन्दै थापाले चाडै घट्नाको सत्यतथ्य बाहिर आउने जिकीर गरे । हत्यारा जो सुकै भएपनि कडा कारबाही गर्ने उनको भनाइ थियो । 

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले सिन्डिकेट कानुनी रुपमा निस्तेज भैसकेको र व्यवहारिक रुपमा केही वाकी रहेपनि चाडै निर्मुल पार्ने बताए । सिन्डिकेटका कारण नागरिकले दुःख पाउने अवस्थाको अन्त्य गर्ने उनको भनाइ छ । 

पाटी एकीकरण कार्यदलका संयोजक समेत रहेका थापाले ठूला दुई पार्टी एक हुँदा स्वभाविक रुपमा केही समय लाग्ने भन्दै चाडै एकता टुंगोमा पुग्ने बताए । सुदूरपश्चिम प्रदेशको सुरक्षा रणनीति तय गर्न धनगढीमा दुई दिनदेखि गोष्ठि चलिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।