शुक्रबार, असार २०, २०८२

कर्णालीमा ‘रारा राष्ट्रिय नाट्य महोत्सव’, एउटै मञ्चमा सात प्रदेश

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
सुर्खेत – कर्णालीमा पहिलो पटक राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। नेपाली भाषाको उद्मस्थल कर्णालीको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न नाट्य महोत्सव हुन लागेको हो। यही २३ गतेदेखि सुर्खेतको व्यायमशाला हलमा हुने हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ मा सात वटै प्रदेशका रंगकर्मी जमघट हुने भएका छन्। 

सांस्कृतिक संस्थान काठमाडौं र आरङ्ग नेपाल सुर्खेतको आयोजनामा हुने नाटक महोत्सवमा सात वटा प्रदेशका १३ वटा नाटक मञ्चन हुने आरङ्ग नेपालका अध्यक्ष गणेश गौतमले जानकारी दिए। २९ गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन दैनिक दुई वटा नाटक मञ्चन हुने छन्। नाटक महोत्सव आयोजना गर्न करिव ४० लाख लाग्ने अनुमान गरिएको अध्यक्ष गौतमले जानकारी दिए। जसमा कार्यक्रममा सहभागिको लागि खर्च, रंगमञ्च तयारी खर्च, वर्कसप सञ्चालन खर्च लगाएतको व्यवस्थापनमा ४० लाख  लाग्ने अनुमान गरिएको छ।

यता नाट्य महोत्सवका संयोजक प्रभाकर केसीले कला साहित्य क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए। ‘कला संस्कृतिको संरक्षणमा सरकारले न बजेट छुट्याउछ, न महोत्सवमा विज्ञापनको सहज प्रचार–प्रसार गर्न दिन्छ।’ महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले नाट्य महोत्सव जस्ता समारोहमा आर्थिक संकट टार्न मादक पदार्थहरुकोसमेत विज्ञापन गर्नपाउनु पर्ने धारणा राखे।

यस्तो छ समय तालिका

नाट्य महोत्सवको पहिलो दिन अर्थात उद्घाटन सत्रमा सुर्खेतका मुसल पूर्व नाटक मञ्चन हुने छ। उद्घाटनको भोली पटक अर्थात २४ गते प्र्रदेश नं. १ बाट सोलुखुम्बु नाट्य समुह, सोलुखुम्बुबाट युवराज युराकद्वारा निर्देशित नाटक ‘आरन’ सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन हुने समय तालिका रहेको छ। 

त्यस्तै २५ गते ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउछु’, सोही दिन दिउँसो तीन बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रर्दशन हुने छ। 

२६ गते प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसीद्वारा निर्देशित नाटक ‘दहेज आ दारु’ सोही दिन दिउँसो ३ बजे प्रदेश ७ को सुदुरपश्चिमाञ्चल साहित्य समाज, कैलालीबाट भिष्म जोशीले निर्देशन गरेको नाटक ‘श्रीमान् वीरबहादुर’ प्रदर्शन हुने छ।

२७ गते विहान ११ बजे प्रदेश नं. ३ को साइलेन्ट एक्ट, काठमाण्डौको ‘जिउँदो आकाश’ र सोही दिन दिउँसो कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाको ‘फड्को’ नामक नाटक मञ्चन हुने छ। 

२८ गते विहान ११ बजे प्रदेश नं. ४ को मञ्जरी नाट्य समुह, लमजुङ्गबाट पुरु लम्सालले निर्देशन गरेको नाटक ‘नौगेडी’ सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ५ को शान्तीका लागी युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’ मञ्चन हुने छ।

२९ गते विहान ११ बजे प्रेशन नं. ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको नाटक ‘घेरो’ र सोही दिन दिउँसो ३ बजे प्रदेश नं. ३ को ङ समुह काठमाण्डौबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।