शनिबार, साउन १६, २०८३

रहेनन् पूर्वसांसद पण्डित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – पूर्वसांसद गणेश पण्डितको निधन भएको छ। मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए। 

वि.सं. २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए। वि.सं. २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए। झण्डै आठ महीना प्रहरी हिरासतमा उनी रहेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए। काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन्। पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।