शनिबार, साउन १६, २०८३

धादिङको थाक्रेमा बस दुर्घटना, ५ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धार्के – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–८ चिनिमेलमा बस दुर्घटना भएको छ। काठमाण्डौंबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा ५ जना घाइते भएका छन्। 

धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार घाइते हुनेमा थाक्रे–४ धैरनीका ४७ वर्षिय भैरव थापा, धुनिबेशी ७ का ३५ वर्षिय हरि सँकर परियार, सलाङ ४ कि ठुली कान्छी परियार, २१ वर्षिया लक्ष्मी परियार र मकवानपुरको कैलास गाउँपालिका गोगनेका २९ वर्षिय राजकुमार दर्लामी रहेका छन्।

उनले घाइते मध्ये चार जनाको अवस्था सामान्य रहेको र एक जना भैरव थापाको ढाडमा चोट लागेको जानकारी दिए। चालक ३५ वर्षीय हिरा श्रेष्ठ पनि सामान्य घाइते छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।