शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्याम भुसालको शैक्षिक नारा : ‘सबैकोलागि शिक्षा, गुणस्तरिय शिक्षा’

घनश्याम भुसालको शैक्षिक नारा : ‘सबैकोलागि शिक्षा, गुणस्तरिय शिक्षा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले अबको शैक्षिक नारा ‘सबैकोलागी शिक्षा, गुणस्तरीय शिक्षा’ हुनुपर्ने बताएका छन्। 

रुपन्देही क्याम्पस भैरहवाको २८ औं बार्षिक उत्सव समारोहलाई मंगलबार विहान सम्बोधन गर्दै संघीय ससदका सांसद समेत रहेका भुसालले भने, ‘संविधानले नै शिक्षालाई मौलिक हकको रुपमा स्थापीत गरेको छ। हाम्रो संविधानले समाजबाद उन्मूख शिक्षाकोसमेत प्रस्ट उल्लेख गरेको छ। यस्तो अवस्थामा शैक्षिक गुणस्तरीयता मुख्य हुने गर्दछ।’

सांसद भुसालले नेपालका शैक्षिक प्रतिष्ठान, क्याम्पस, विश्वविद्यालयले दिल्ली र बेईजिंगका युनिभर्सटि क्याम्पसले दिने तहको शिक्षा र पाठ्यक्रम व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘हामी धेरै टाढा जानै पर्दैन। दिल्ली र बेइजिंगका विद्यार्थिको तहमा हाम्रा विद्यार्थि भएमा त्यो नै गुणस्तरीय शिक्षा हो।’

स्तरीय शिक्षाले समाजलाई सहि बाटोमा डोराउने उल्लेख गर्दै उनले भौतिक पूर्वाधारले मात्रै सम्पन्नता भएर केही नहुने जिकीर गदै शिक्षक र प्राध्यापक राम्रो र असल भए  विद्यार्थी स्वतः असल हुने बताए। 

पूर्वमन्त्रीसमेत रहेका भुसालले पश्चिमा देशमा सन् १९९० को दशकमा पुर्विय देशको सबाल उठाउदा मजाक उडाउने गरेको सन्दर्भ उल्लेख गर्दै अहिले पुर्विय देश भारत र चीनले पश्चिमाहरुलाई चुनौति दिइरहेको समेत उल्लेख गरे। उनले भने, ‘अबको ३० वर्षपछि पश्चिमाहरुको हाराहारीमा पुग्ने योजना सहित अगाडी बढेका भारत र चीनको बिचमा रहेको हाम्रो देश नेपाल अझै शिक्षीत र बर्गविहिन हुनु जरुरी छ।’ उनले ०३८ साल ताका प्रचण्ड बुढाथोकीले सृजना गरेर गाएको गीत ‘हेर देशको हालत कस्तो छ, छाति चिरी हेर जस्तो छ।’ भन्ने गीतको सन्दर्भ समेत चर्चा गरेका थिए। 

नेता भुसालले मुलुकमा अहिले भित्रीने रेमिटयान्सको चर्चा गर्दा ७५ प्रतिशत पूर्णतया अदक्ष जनशक्तिको आर्जन, २४ प्रतिशत अर्धदक्ष जनशक्तिको आर्जन र केबल १ प्रतिशत मात्रै दक्ष जनशक्तिको आर्जन भएको उल्लेख गर्दै व्यवहारीक र बैज्ञानिक शिक्षामा सबैको ध्यान जानु पर्ने पनि बताए। उनका अनुसार अहिले सालाखाला १० खर्ब रेमिट्यान्स भित्रीरहेको छ। 
नेता भुसालले सरकारको एक बर्ष आधार बर्ष भएकोले अबको ४ बर्षमा जनआकांक्षा अनुसारका काम हुने पनि दाबी गरे। उनले भने, ‘यो आधार बर्ष हो , जनआकांक्षा धेरै छन्। विस्तारै सबै माग सम्बोधन हुन्छन्।’

क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष डा रामप्रसाद बस्यालको अध्यक्षता, डिल्लीराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे, सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुखले मन्तब्य राख्दै देशमा नैतिक शिक्षाको खडेरी परेकोले नैतिक, व्यवहारीक र बैज्ञानिक शिक्षामा सबैको ध्यान जानुपर्ने बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।