शनिबार, साउन १६, २०८३

नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता भएको छ। नेपालले मंगलबार एक कार्यक्रमबीच बंगलादेशसँग उक्त सम्झौता गरेको हो।

नेपालकातर्फबाट राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशकातर्फबाट राजस्व सचिव मसर्फ हुशेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार बंगलादेशसँगको सम्झौताले नेपालमा बंगलादेशको लगानी भित्र्याउन तथा व्यवपार प्रवर्द्धनमा सहयोग पुग्नेछ। अर्थ मन्त्री डा. युवराज खतिवडाले सम्झौता महत्वपूर्ण रहेको बताए। सम्झौताले मुलुकमा बंगादेशको लगानी भित्र्याउन तथा व्यपार प्रवद्र्धनमा सहयोग पुर्याउने उनको भनाइ छ। 
 
कानूनमा कर लाग्ने व्यवस्था छ। सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने सम्भौतामा उल्लेख छ। मन्त्रालय अनुसार सम्झौता बमोजिम एक देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुवै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। दुवै देशमा कर तिर्ने व्यवस्था रहेकोमा सम्झौतापछि बंगलादेशको कम्पनीले नेपाल मात्रै र नेपाली कम्पनीले बंगलादेशमा मात्रै कर तिरे हुने व्यवस्था हुगरिनेछ।

नेपालले हालसम्म १० वटा देशसँग सो सम्झौता गरिसकेको छ। जसमा चीन, भारत, कतार, दक्षिण कोरिया लगायत छन्। जुन देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्