शनिबार, साउन १६, २०८३

सेनालाई कमजोर बनाउने खेलप्रति सेनापतिको औंला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई कमजोर बनाउने खेलप्रति फेरि औंला ठड्‌याएका छन्।

सैनिक दिवसका अवसरमा सुभकामना मन्तव्य दिने क्रममा सेनापतिले सेनालाई कमजोर बनाएर राष्ट्र बलियो हुन नसक्ने बताएका छन्। उनले भनेका छन्, 'बलियो सेना कमजोर राष्ट्र अनि बलियो राष्ट्र कमजोर सेना भएको उदाहरण बिरलै पाइन्छ।कमजोर राष्ट्र कमजोर सेना अनि बलियो राष्ट्र बलियो सेना नै आजको वास्तविकता हो।'

सेनाको आकार र स्वरुपबारे बहस भइरहेका बेला सेनापतिको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। यसबारेमा बहस हुन आवश्यक छ। पछिल्लो समय सेनाको स्वरुप भद्दा भएको र संख्या बढी भएको भन्दै मिडियामा केही धारणा र टिप्पणी आएका छन्। 

नागरिक स्तरमा पनि त्यसबारे अन्तरक्रिया भएको छ। सेनालाई कमजोर बनाउन विभिन्न बाहनामा हुनसक्ने सम्भावित चलखेलप्रति संकेत गर्दै सेनापतिले सेना त्यसबारेमा पूर्ण सचेत र चनाखो रहेको बताएका छन्। नेतृत्व समालेको ठीक एक महिनापछि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनामाथि माइक्रो म्यानेजमेन्टु  खतरा रहेको चिन्ता व्यक्त गरेका थिए। 

उनले सेनामा सम्भावित माइक्रो म्यानेजमेन्टको खतरा मात्रै औंल्याएका छैनन्, त्यस्तो माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने स्पस्ट पारेका थिए। उनले सेनामा हुनसक्ने 'माइक्रो म्यानेजमेन्ट' लाई लक्षित गर्दै दिएको अभिव्यक्तिले राजनीतिक वृत्तलाई तरंगित गरेको थियो।

दुई तिहाको बलमा सेनामा हुनसक्ने सम्भावित राजनीतिक हस्तक्षेप र भूराजनीतिक चलखेललाई लक्षित गरेर सेनापतिले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने अनुमान गरिएको थियो। सेनाको राइट साइजिङ र पुनरसंरचनाका विषयमा राजनीतिक तह र अन्य च्यानलबाट आइरहेकाक अनेक खाले फिडब्याकलाई समेत ध्यानमा राखेर सम्भवतः सेनापतिले नै आफ्नो पोजिसन क्लियर गरेको थिए।

त्यसकै निरन्तरताको रुपमा सेना दिवसमा सेनापतिबाट यस्तो अभिव्यक्ति आएको हुन सक्‍ने सैन्य मामिलामा चासो राख्‍ने विज्ञहरु बताउँछन्।

खासगरी द्वन्द्वका बेला सेनाको संगठन आकार र खर्च ह्वात्तै बढेको थियो। माओवादी विद्रोहले व्यापकता पाउँदै गर्दा सेनाको संख्या पनि निरन्तर थपियो। द्वन्द्वको झन्डै एक दसक अवधिमा सेनाको संख्या करिब दोब्बर भएको थियो। पचास हजार हाराहारीको सेनाको अहिले झन्डै लाख पुगेको छ। दस वर्षअघि १२/१३ अर्बको सैन्य खर्च बढेर अहिले झन्डै चालिस अर्ब पुगेको छ। 

सेनापतिले सेनाको संगठनमा समयानुकूल सुधार तथा परिमार्जन आवश्यक रहेको स्वीकार गरेका छन्। बृहत् अध्ययन र सघन गृहकार्यका आधारमा सेनाको संगठनलाई थप आधुनिक र छरितो बनाउन उनी तयार देखिएका छन्। तर त्यो काम राजनीतिक आवेग र भूराजनीतिक स्वार्थको चक्करमा होइन, राष्ट्रिय आवश्यकता र हितका आधारमा हुनुपर्ने मान्यतातिर सेनापतिले जोड दिँदै आएका छन्।

सेना दिवसको सुभकामना सन्देशमा प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा नीतिलाई सही ढंगबाट बुझ्नु र कार्यान्वयनको वातावरण सिर्जना गर्नु जरुरी भइसकेको बताएका छन्। उनले भनेका छन्, ‘विभिन्न माध्यम वा मार्फतबाट हुन सक्ने सम्भावित प्रहार तथा प्रभाववारे सचेत हुनु र सचेत बनाउनु राष्ट्रिय सुरक्षाको पहिलो आवश्यकता हो। यसप्रति हामी सबै गम्भीर हुनैपर्छ, अन्यथा राष्ट्र कमजोर हुनसक्छ वा हुन्छ भन्नेतर्फ पनि त्यत्तिकै सजग हुनु आवश्यक छ।’

सेनापतिले देशको राजनीतिक अवस्था क्रमिक रुपमा स्थायित्व उन्मुख भएको र स्थायित्वका लागि सुरक्षा अति आवश्यक रहेको बताएका छन्। सेनापतिको भनाइ छ, 'वर्तमान नेपालको सन्‍दर्भमा राष्ट्रिय स्वार्थ र हितका विषयहरुलाई बाह्रय प्रभावबाट सुरक्षित राख्नु सबैभन्दा ठुलो राष्ट्रिय चुनौती भएको छ।'

यो पनि पढ्नुस्, 

सेनामाथि 'माइक्रो म्यानेजमेन्ट' को खतरा !

यस्तो छ प्रधानसेनापतिले दिएको शुभकामना सन्देश





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।