शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बेरोजगारलाई रोजगार दिन पाँच हजार युवाको ‘रोस्टर’ तयार

बेरोजगारलाई रोजगार दिन पाँच हजार युवाको ‘रोस्टर’ तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले कृषि क्षेत्रमार्फत बेरोजगारलाई रोजगार दिन पाँच हजार युवाको ‘रोस्टर’ तयार गर्दैछ। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाले बेरोजगारलाई रोजगार दिन पाँच हजार युवाको रोस्टर तयार गर्दै गरेको बताए। 

उनका अनुसार युवालाई रोजगार उपलब्ध गराउने सबैभन्दा उपयुक्त पेशा कृषि हो। मन्त्रालयले त्यस्का लागि उनीहरुलाई  तालिम दिइन्छ र कृषि क्षेत्रमा आकर्षित गर्छ। 

आधुनिक खेती, यान्त्रीकिकरण लगायतको उदाहरण उदयपुरको बेलका नगरपालिकामा, सहकारी मोडल झापाको महारानीझोडामा र प्राङ्गारिक खेती कर्णालीमा देख्न सकिन्छ। 

अर्घाखाँचीका पुष्कर केसीले  ३० रोपनि जग्गा लिजमा लिएर १० बर्षदेखि गोलभेडा खेती गरिरहेका छन्। उनले गतबर्ष ३५ लाखको गोलभेडा बिक्री गरेको जानकारी दिएका छन्। त्यहा २० जना बिद्यार्थीले ओजेटी गरिरहेका छन्। 

अर्कोतर्फ मूल्य निर्धारण आयोग नहुदा किसानलाई समस्या परेको मन्त्री खनालको बुझाइ छ। नागार्जुनमा रहेको अर्घाखाँची एग्रोले गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले मूल्य निर्धारण आयोग नहुदा किसान समस्यामा परेको बताए। उनले खेती गर्ने तरिका राम्रो नभएको र त्यसलाई समेत फेर्नु पर्ने जनाए।  उनकाअनुसार किसानलाई सम्मान छैन। अन्य देशमा सम्मानित पेशा भए पनि नेपालमा अपहेलित पेशाको रुपमा लिइने गरेको छ। यसलाई उल्टाउनु पर्छ। त्यस्को लागि सरकारको नीतिमा परिवर्तन ल्याउनुपर्छ। बजेट वृद्धि गर्नुपर्छ। ‘एकातिर खेतीमा डोजर लाग्छ अर्कोतिर बिदेशबाट आयात हुन्छ यो राज्यको नीति नमिलेर हो,’ उनले भने ‘अहिलेको ग्लोबलाइजेशनको युगमा आयात रोक्न खोजेर मात्र हुदैन। बरु कुन उत्पादन निर्यात गर्दा बढी फाइदा गर्न सकिन्छ त्यसलाई जोड दिनुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्