काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५७औं पटक रक्तदान गरेका छन् ।
डोटेली समाज काठमाडौंद्वारा रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित बृहत् रक्तदान कार्यक्रम उद्घाटन गर्दै कर्माचार्यले १५७औं पटक रक्तदान गरेका हुन्।
डोटेली समाज काठमाडौंका अध्यक्ष जगदीश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ११० जना स्वयंसेवी रक्तदाताद्वारा रक्तदान गरिएको थियो। समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई अभिनन्दन गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४