शनिबार, साउन १६, २०८३

महाशिवरात्रिमा योग र ध्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ध्यान साधक र योग गुरुहरुको अगुवाइमा राजधानीमा योग र ध्यानको अध्यास गरी महाशिवरात्रि पर्व मनाइएको छ ।

ठमेलस्थित डिभाइन योग स्टुडियो उद्घाटन समारोहमा साधकहरुले विभिन्न व्यक्तित्वहरुलाई ध्यान र योग गराएका  थिए । कार्यक्रमका वक्ताहरूले योग र ध्यानको महत्त्वमाथि प्रकाश पारे ।

योग प्रशिक्षक मोदनाथ खनालले योग र योगा शब्दबारे स्पष्ट हुन नसकेमा साधना पूर्ण हुन नसक्ने बताए । उनले संस्कृत भाषामा रहेको योग र योगसूत्रलाई अंग्रेजीकरण गर्न नहुने बताए । उनले भने, ‘योगमा सबै विद्या छ । तर अहिले यसलाई बजारीकरण मात्र गर्न खोजिएको छ । योगसूत्र नबुझी यसलाई आधार नबनाई योग हुन सक्दैन ।’ 

उनले अनुशासन, यम, नियमबारे जानकारी लिई मन शुद्धीकरण नभई योग गर्न नसकिने बताए । उनले भने, ‘योग भनेको जीवात्मा र परमात्मा जोड्ने तत्त्व हो । त्यसैले अहिंसावादी र सत्यवादी भएर मात्र योग गर्न सकिन्छ ।’ कार्यक्रममा योगगुरु प्रेम आलोकले योग र ध्यानका विभिन्न पक्षमाथि चर्चा गरेका थिए । अर्का योगगुरु शान्त खरेलले योगले व्यक्तिको मन र शरीर शुद्ध मात्र नबनाई आत्मालाई परामात्मासँग जोड्ने बताए ।

नेपालमा योगको सही प्रयोग हुन नसकेपछि यसलाई प्राकृतिक वातावरणमा सिकाउन स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालक राजकुमार कार्कीले जानकारी दिए । स्टुडियोले राजधानीका विद्यालयमा गएर बालबालिकालाई योग सिकाउने लक्ष्य लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।