शनिबार, साउन १६, २०८३

कञ्चनपुरमा ब्यारेकभित्रै सेनाका जवानको शव भेटियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्चनपुर- कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्का व्यारेक भित्र मृत भेटिएका छन् । उनले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको जानकारी दिए । 

“आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।