शनिबार, साउन १६, २०८३

ग्यासको अभाव सुरु, निगम भन्छ- 'अभाव हुँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बजारमा ग्यासको अभाव सुरु भैसके पनि नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बजारमा ग्यासको अभाव नहुने दावी गरेका छन् । उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने उनीहरुको जिकीर छ । 

कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।

निगम र उद्योगी दुबैले हल्लाका पछि नलाग्न पनि उपभोक्तासँग आग्रह गरेका छन् । तर, बजारमा ग्यासको अभाव हुने खबर आएसँगै ग्यास भर्नेको चाप बढेको छ भने व्यापारीहरुले ग्यास लुकाउन थालेका छन् । जसले गर्दा बजारमा ग्यासको अभाव सुरु भएको छ ।

सामान्य अवस्थामा जस्तै अहिले पनि दैनिक एक लाख सिलिन्डर ग्यास बजारमा पठाइरहेकाले अभाव नहुने निगम र उद्योगीले स्पष्ट पारेका हुन् । शुक्रबारदेखि पिडिओ नउठाए पनि पुरानो पिडिओको आधारमा सोमबार पनि ग्यास बुलेटले इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी, मथुरा, हल्दियालगायत रिफाइनरीबाट ग्यास लोड गरेको निगमले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।