शनिबार, साउन १६, २०८३

शंकराचार्यद्वारमा पञ्चमुखी शिवलिङ्ग स्थापना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरिएको छ। वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्वारमा शिवलिङ्गको स्थापना गरिएको हो।

नगर प्रमुख विजय कुमार सरावगी र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गरेका हुन्।

 ३ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्वारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भूसालले बताए।

प्रमुख प्रशासकिय अधिकृत डा भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्वारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुँदै गएको बताए।

भारतबाट प्रवेश गर्ने पर्यटकको स्वागत गर्दै नेपालको  पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरिएको छ‌। स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान चाँडै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।