शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य – देउवा

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य – देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन्। सभापति देउवाले भने, ‘सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो कांग्रेसलाई कदापी स्वीकार्य हुदैन।’ सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए। 

वि.सं. १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मनु भई वि.सं. २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा वि.सं. २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए। प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहेका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए। 

पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।