काठमाडौं - राजधानीको टुँडिखेलमा सोमबार सेना दिवस मनाइएको छ। सो वसरमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेका थिए। साथै परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका साहसिक र रोचक कार्यक्रम गरिएको थियो।
सैनिक मुख्यालय जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
सेनाको प्रयोगमा रहेका हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकीसमेत समारोहमा प्रस्तुत गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...