शनिबार, साउन १६, २०८३

जर्मनीका नेपालीले गरे असहायलाई सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जर्मनीमा बसोबास गर्दै आएका गैरआवसीय नेपालीहरूले करेन्ट लागेर हातखुट्टा गुमाएका दुई व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्। फ्रांकफ्रुटमा व्यवसाय सञ्चालन गर्दै आएकी निशा दाहालको पहलमा हरिकाजी ढुंगाना र मेघा घिमिरेलाई आर्थिक सहयोग गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणमा कार्यरत ढुंगाना र करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेलाई दाहालले जनही ५३ हजार प्रदान गरेकी हुन्। निशा दाहाल जर्मनीमा बसोबास गर्छिन्। ढुंगानाको करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमेको छ। घिमिरेको पनि हाइटेन्सनको करेन्ट प्रवाहबाट दुवै हात गुमेको छ। अंगभंग भएका ती व्यक्तिलाई नेपाल समयको समन्वयमा आर्थिक सहयोग गरिएको हो।

जर्मनीमा बस्दै आएका १६ जना नेपालीले एक लाख ६ हजार संकलन गरेका थिए। निशा दाहालले २६ हजार ६ सय ४०, कुमार पन्तले १२ हजार आठ सय, शकुन्तला खनालले सात हजार र माया भण्डारीले ६ हजार चार सय सहयोग गरेका छन्। यस्तै मीना अधिकारीले ६ हजार चार सय, बिनु खड्काले ६ हजार चार सय, विनोद सुवेदीले ६ हजार चार सय, रेशम भुसालले ६ हजार चार सय सहयोग गरेका छन्। सहयोग रकम उपलब्ध गराउने अन्य नेपालीमा अम्बिका न्यौपाने पाँच हजार एक सय बीस, सबिता भुसाल तीन हजार आठ सय चालीस, दिया बन्जाडे तीन हजार दुई सय, माया पाण्डे तीन हजार दुई सय, आश्मा गौतम तीन हजार दुई सय, सुप्रिम अर्याल तीन हजार दुई सय, इन्दिरा केसी तीन हजार आठ सय चालीस र कल्पना खनाल पच्चीस सय साठी छन्।  

खोटाङका ३६ वर्षीय ढुंगाना नेपाल विद्युत् प्राधिकरणमा ज्याला मजदुरीमा काम गर्थे। काम गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका ढुंगानाका दुई छोरा र पत्नी छन्।

विराटनगरकी २१ वर्षीया घिमिरे विवाह गरेको नौ महिनामै दुवै हात गुमाउन पुगिन्। नयाँ घर बनाउने काममा करेन्ट लागेर दुवै हात गुमाएकी उनलाई अहिले श्रीमान्ले छाडेपछि माइतीको आश्रयमा छिन्। ढुंगाना र घिमिरेले आफूहरूलाई आर्थिक सहयोग गर्न माग गरेका छन्। हरिकाजी ढुंगानालाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक, ललितपुर शाखाको खाता नं : ११२००२१९७३१० मा रकम संकलन गर्न सक्नेछ। यस्तै मेघा घिमिरेलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक, विराटनगर शाखाको खाता नं.  २६१००००२३६०४ मा रकम जम्मा गर्न सक्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।