काँकरभिट्टा – नेपालले चीनबाट रेल ल्याएमा वैदेशिक ऋण बढ्ने बताएका छन्। काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा पूर्वाधारका जानकार विश्व पौडेलले रेल ल्याएमा अहिलेको वैदेशिक ऋण दोब्बर हुने बताएका छन्। हाल नेपालको वैदेशिक ऋण तीन अर्ब रहेको बताउँदै पौडेलले भने, ‘तीन अर्बको चिनियाँ रेल ल्याउँदा थप तीन अर्ब वैदेशिक ऋण थपिनेछ।’
यातायातको सबैभन्दा पुरानो प्रविधि पानीजहाज र त्यसपछि रेल आएको भन्दै पौडेलले रेलमा भन्दा सडकमा ध्यान दिनुपर्ने बताए। झापाको काँकरभिट्टामा तीन दिनअगाडिदेखि जारी कलासाहित्य उत्सवमा बोल्दै पौडेलले भने, ‘तीन अर्ब वैदेशिक ऋणमा रेल ल्याउनुभन्दा एक्प्रेस वे रेल ल्याउँदा उपयुक्त हुन्छ। उनका अनुसार केरुङ–काठमाडौं, काठमाडौं–वीरगन्ज, इटहरी–झापा जस्ता मान्छेको धेरै आवतजावत हुने क्षेत्रमा ४ लेनको एक्प्रेस वे राम्रो हुन्छ।
विज्ञले रेलभन्दा सडक राम्रो भएको भन्दा पनि रेलकै काम अगाडि जान सक्ने पौडेलले बताए। ‘उहाँले रेलको कुरा रोक्ने कुरा गर्नु हुन्न’, प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै पौडेलले भने, ‘बरु हामीहरुलाई रोक्नु हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४