शनिबार, साउन १६, २०८३

आज सेना दिवस, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज सेना दिवस मनाउँदै छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशैभर विविध कार्यक्रमको आयोजना गरेर नेपाली सेनाले दिवस मनाउँदै छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमख आतिथ्यतामा सेनाले टुडिखेलमा विशेष समारोह आयोजन गर्दैछ । समारोहमा सैनिक सामग्री तथा कला प्रदर्शनी, परेड, प्यारा जम्प, कवाज तथा तोप बढाइँ गरिनेछ । सेना दिवसको कार्यक्रमलाई नेपाली सेनाको शक्ति प्रदर्शनको रुपमासमेत हेरिन्छ ।

यसैबीच सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओली केपी ओलीले नेपाली सेना दिवस सेनाको मात्र नभई सम्पुर्ण नेपाली र राष्ट्रकै दिवस रहेको बताएका छन् । उनले नेपाली सेनाको व्यावसायीक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने समेत बताएका छन् । 

देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक सम्पन्न गर्ने उनको विश्वास छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।