काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १६८३८ जनामा परीक्षण गर्दा ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख १७ हजार ५३० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९३ पुगेको छ। मन्त्रालयका अनुसार आज ४० हजार ३३८ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमणमुक्त भएका छन्।