शनिबार, साउन १६, २०८३

सिआबी प्रमुखको गाडी ट्राफिक कारवाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ– नेपाल प्रहरीका नायब महानिरीक्षक डिआजी  हरिभक्त प्रजापती चढ्ने गरेको गाडी कारबाहीमा परेको छ। 

नो पार्किङ्ग लेखिएको स्थानमा रोकिएको उक्त गाडीको फोटोसहितको सूचना ट्वीटरमा आएपछि ट्राफिकले नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हरिभक्त प्रजापतीले प्रयोग गर्ने बा १ झ ६४०८ को गाडी नर्भिक अस्पताल नजिकै नो पार्किङ्ग स्थानमा रोकिएको थियो । ट्राफिक प्रहरीले नियम बिपरितपार्कीङ्ग गरिएको सो  गाडीलाई ५०० रुपैया जरिवाना गरिएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त कुमार पन्तले नियम बिपरीत पार्किङ्ग गर्ने जो कोहीलाई कारबाहि हुने बताए । उनले भने डिआजी सापको गाडी नो पार्किङ्ग स्थानमा रोकिएकोले कारबाहि गरिएको छ।

डा समिर मनि दिक्षीतले नो पार्किङ्गमा राखिएको उक्त गाडीको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा ट्राफिक महाशाखाले जरिवाना गरेको हो।
 

आउनुहोस् । ट्राफिक नियम उल्लंघन गरौं । स्थान : नर्भिक अस्पताल अगाडि । समय : फोटो खिच्दा १६३० बजेको र यो ट्विट गर्ने समयसम्म पनि त्यहीँ खडा । pic.twitter.com/T4R6ty6vPg

— Sameer M Dixit ???????? (@smadixit) March 1, 2019

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।