शनिबार, साउन १६, २०८३

१४ वर्षीया किशोरीको करेन्ट लागेर ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ थारीकाँडामा आइतबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–४ का गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।

बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर तारमा छोएकीले करेन्ट लागेर मृत्यु भएको उनले बताए ।

मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ। मिल मृतक किशोरीका बुबाले सञ्चालन गर्दै आएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।