शनिबार, साउन १६, २०८३

अस्थायी शिक्षक आन्दोलनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै अस्थायी शिक्षक संघर्ष समितिले काठमाडौंमा बिरोध कार्यक्रम गरेको  छ।

अस्थायी तथा ज्यालादार शिक्षकहरुले स्वतह स्थायी गर्नु पर्ने माग राख्दै आइतबार बिहान माइतीघर मण्डलामा  प्रदर्शन गरेका छन। शिक्षा  मन्त्रालयले स्रोत व्यक्तिहरुलाई बिस्थापीत गदै उनिहरुको स्थानमा स्थायी  शिक्षकहरुलाई पदस्थापन गर्न थाले पछि अस्थायी तथा ज्यालादार शिक्षकहरु आन्दोलिन भएका हुन्। 

उनिहरुले आफुहरुलाई सरकारले  माघ महिनासम्मको तलबभत्ता दिएर फागुन ८ गते हटाउने परिपत्र गरिएको भन्दै आपत्ती जनाएका छन्। 

कतिपय विद्यालयमा शिक्षक अभाबका कारण अहिले पनि सट्टा शिक्षकहरुले नै पढाइरहेका छन्।  तर, कागजी रुपमा उनिहरुको सेवा सुविधासमेत हटाइएको छ।
  
प्रधानमन्त्री रोजगारका कार्यक्रम घोषणा गरेको ठिक दुई दिनपछि वर्षौंदेखि शिक्षा क्षेत्रमा  सेवा गरिरहेका करीव  ११ सय सट्टा शिक्षकहरु हटाउने  निर्णय  गर्नुले सरकारको नीति नै बिरोधाभाष देखिएको छ।

स्रोत केन्द्र र स्रोत व्यक्तिको परिकल्पना २०३८ सालदेखि सुरु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।