काठमाडौं – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ।
उनको काठमाडौंको टेकुघाटमा अन्त्येष्टि गरिएको हो। वौद्ध परम्पराअनुसार उनको अत्येष्टि गरिएको छ।
हेलिकप्टर दुर्घटनामा परी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, पर्यटन ब्यवसायी शेर्पासहित सात जनाको निधन भएको थियो।
शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरुको समेत सहभागीता रहेको थियो।
शेर्पाको अन्त्यष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईलगायत नेताहरुको सहभागीता रहेको थियो।
शेर्पासँगै हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्यष्टि गरिसकिएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४