शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपाका नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए। सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो। अधिकारीको पार्थिव शरीमा उनका छोरीहरु र पत्नीले दागबत्ती दिएका थिए।

सो अवसरमा नेकपाका कार्यकर्ता, मन्त्रीहरुलगायत पशुपति आर्यघाट पुगेका थिए। यसअघि अधिकारीको शवलाई श्रद्धाञ्जलि दिन नेकपा मुख्यालयमा राखिएको थियो। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको थियो।

भरतमोहन अधिकारीको शनिबार ८२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।

२०५१ सालमा अर्थमन्त्री भएका अधिकारीले त्यतिबेला आफ्नो गाउँ आफैं बनाऔं, वृद्धभत्ता वितरण, मुलुकको समृद्धिका लागि ल्याएका नौ सको अवधारणा अहिले पनि लोकप्रिय छन्।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।