शनिबार, साउन १६, २०८३

‘सरकार अधिनायकवादको बाटोमा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । नागरिकको वाक् स्वतन्त्रतामाथि समेत रोक लगाउन खोजेर सरकार अधिनायकवादतर्फ उद्त हुँदै गइरेको देउवाले बताएका छन् ।

‘सरकारले विधेयक बनाएर समाजिक सञ्जालमाथि लगाम लगाउन खोज्दै छ,’ आइतबार बिहान प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘आफूले गरेको गलत गतिविधिको सर्वसाधारणबाट आलोचना सह्न नसकेर सरकारले सामाजिक सञ्चालमाथि अंकुश लगाउन खोज्दै छ । यस्ता कुरा हामीलाई स्वीकार्य हुँदैन् ।’

जनतालाई अधिकार सम्पन्न हुन नदिएर सरकार संघीयता धरापमा पार्ने दाउमा रहेको आरोप लगाउँदै देउवाले संघीयताविरोधी कुनै गतिविधि आफूहरुलाई मान्य नरहेको बताए । ‘नेपाली जनताको भावनाअनुसार संघीयता आएको छ,’ सभापति देउवाले भने, ‘कसैले चाहेर पनि समाप्त पार्न सक्नेबाला छैन् ।’

नेपालमा संघीयता अपरिहार्य रहेको उल्लेख गर्दै देउवाले यसलाई संस्थागत गर्न सबैले मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । ‘संविधानप्रति मधेसमा अझै असन्तुष्टिहरु देखिएका छन्’, देउवाले भने, ‘मधेसी जनताको भावनाअनुसार संविधान संशोधनका लागि कांग्रेस प्रतिबद्ध छ ।’

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, जिल्ला सभापति महेशशंकर गिरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।