काठमाडौं- पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा आइतबार प्याराग्लाइडर रोमानियाका नागरिक इविई केजीको मृत्यु भएको छ।
फेवातालमा खसेको १० मिनेटमा नै उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पताल पुग्नुअगावै ४४ वर्षीय केजीको मृत्यु भएको हो।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो। तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा पुगेका थिए। प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४