शनिबार, साउन १६, २०८३

सर्लाहीमा गोली हानी यादवको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- अज्ञात समूहले गोली हानेर सर्लाहीमा एक युवकको हत्या गरेको छ । अज्ञात समूहले मलंगवा नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय मनोजकुमार यादवको गोली हानेर हत्या गरेको छ ।

मनोजको शरीरमा पाँच राउण्ड गोली हानिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिएका छन् । मलंगवा–८ शीतभण्डार नजिक आइतबार बिहान गोली लागेको अवस्थामा मनोजको शव फेला परेको पालले बताए । घटनास्थलमा गोलीको खोका पाँच थान र एक राउण्ड गोली फेला परेको पालले जानकारी दिएका छन् । 

हत्या गरिएका मनोज लागुऔषध दुव्र्यसनीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘घटनाबारे जानकारी पाएलगत्तै हामीले अनुसन्धान शुरु गरेका छौं,’ डीआजी पालले भने,‘उनीहरुको चार पाँचजनाको समूह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही समूह मध्ये कोही घटनामा संलग्न भएको हुन सक्ने हाम्रो अनुमान छ ।’ अपराधी जो सुकै भएपनि छिट्टै नियन्त्रणमा आउने पालले बताएका छन् ।

शंकास्पद व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी पालले जानकारी दिएका छन् ।
शनिबार राती ९ बजे मनोज घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि उनी बाहिर निस्केको परिवारका सदस्यहरुले बताएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।