शनिबार, साउन १६, २०८३

धनकुटामा गोली लागेर सेनाका एक सिपाहीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनकुटा- आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो । 

शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

घटनाको प्रकृति हेर्दा बन्दुक बोकाइको सन्तुलन नमिल्दा आफै पड्किएर गोली लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।