शनिबार, साउन १६, २०८३

पोखरा  विमानस्थल रवीन्द्रको नाममा राख्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चिप्लेढुङ्गा- पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । 

फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका हुन्। 

विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको र पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएर अझ विशेष भूमिका खेलेको उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।