शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रद्धाञ्जलीका लागि पूर्वअर्थमन्त्री अधिकारीको शव धुम्बाराहीमा  

श्रद्धाञ्जलीका लागि पूर्वअर्थमन्त्री अधिकारीको शव धुम्बाराहीमा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिएकाे छ । 

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झन्डा ओडाएर श्रद्धान्जली व्यक्त गरेका छन् । अन्य शीर्ष नेताहरु समेत श्रद्धान्जली दिएका थिए ।  

श्रद्धान्जली कार्यक्रम सकिए पछि आजै अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । यद्यपी अधिकारीको अन्त्येष्टि कसरी गर्ने भन्ने विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । उच्चस्तरिय स्रोतका अनुसार नेता अधिकारी राष्ट्रिय सम्मान दिने सरकारको तयारी छ ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको थियो । महोत्तरीको भ्रमरपुरा गाउँमा २२ वैशाख १९९३ मा जन्मिएका अधिकारी नेपालको वामपन्थी आन्दोलनको पहिलो पुस्ताका नेता मानिन्छन् ।

२०४७ को संविधानको मस्यौदाकार अधिकारी ०५१ मा बनेको तत्कालीन एमालेको नौ महिने अल्पमतको सरकारमा अर्थमन्त्री बनेका थिए । वृद्धभत्ता वितरण र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लगायतका कार्यक्रम लागू गरेर उनले लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका थिए ।

उनकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ । दुईपटक उपप्रधानमन्त्री, चारपटक अर्थमन्त्री, एकपटक यातायातमन्त्री बनेका उनी मोरङबाट चारपटक सांसद भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।