शनिबार, साउन १६, २०८३

आजका अखबार : जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनको खबरसँगै अन्य विविध विषयका समाचारलाई प्राथमिकतामा पारेका छन् । 

पहिलो कम्युनिस्ट सरकारका लोकप्रिय अर्थमन्त्रीको निधन शीर्षकमा समाचार लेखेको आजको नयाँ पत्रिकाले स्थानीय तहमा मौलाएको बेथितिलाई मुख्य समाचार बनाएको छ।

स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षकमा खबर लेखेको उसले स्थानीय तहमा मेयरले सालीलाई उपमेयरले श्रीमतिलाई भान्सेको नियुक्ति दिएर समेत तलब लिएको खुलासा गरेको छ । 

 पाँचथरको हिलिहाङ गाउँपालिकामा राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकार राखेर पैसा झ्वाम बनाएको भेटिएको छ । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको समाचारमा उल्लेख छ।

यस्तै अलबिदा अधिकारी शिर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बनाउन लागेको वार रुमको ठेक्का नियमविपरित दिने तयारी भएको खुलासा गरेको छ ।

समाचारअनुसार खरिदका लागि प्रस्ताव पेस गर्ने कम्पनीले राखेका कागजातमाथि छानबिन तथा मूल्यांकन नगरी शास्त्र नेटवर्क सोलुसन इन्क प्रालिलाई ठेक्का दिने तयारी भएको छ ।प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्युटर इन्जिनियर हरिप्रसाद पोख्रेलको मिलेमतोमा शास्त्रलाई सिस्टम खरिदको जिम्मा दिने तयारी गरिएको समाचारमा उल्लेख छ ।

इन्जिनियर पोख्रेल सरकारी सेवामा प्रवेश गर्नुअघि शास्त्रकै मुख्य कम्पनी ओम्नी ग्रुपमा कार्यरत थिए। शास्त्रलाई ४ करोड ४८ लाख रुपैयाँमा ठेक्का दिएको छ । उक्त कम्पनीले ३ करोड ९८ लाखमा खरिद गर्नेगरी प्रस्ताव हालेको थियो ।

यस्तै रहेनन् नेता अधिकारी जसले वृद्धभत्ता ल्याएका थिए शीर्षकमा खबर लेखेको कान्तिपुर दैनिकले वन मिचेर ढुंगाखानी शीर्षकमा मुख्य समाचार छापेको छ।

शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको वन क्षेत्र मिचेर धादिङको धुनिबेसी नगरपालिका १ छत्रेदेउरालीमा वर्षौदेखि कानुनविपरीत रोडाढुंगा र चुनढुंगा खानी सञ्चालन भइरहेको समाचारमा उल्लेख छ । मध्यवर्ती वन क्षेत्रमा व्यापक व्यापक दोहन भइरहेपनि सम्बन्धित स्थानिय निकायले आँखा चिम्लिएको कान्तिपुरले लेखेको छ । 

यस्तै ललितपुरमा सञ्चालित किस्ट मेडिकल कलेजले पनि विद्यार्थीसँग बढि शूल्क उठाउने गरेको विषयलाई कान्तिपुरले एङ्कर न्यूज बनाएको छ । किस्टले बढी शुल्क नतिरे हाजिरीमै रोक लगाउने गरेको पनि समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।