शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बोल्ने र लेख्न अधिकारबाट वञ्चित गर्ने कार्य स्वीकार्य हुँदैन : देउवा

बोल्ने र लेख्न अधिकारबाट वञ्चित गर्ने कार्य स्वीकार्य हुँदैन : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कम्युनिष्ट सरकारले जनताको प्रजातान्त्रिक अधिकार खोस्ने प्रयास गरे  कांग्रेसलाई स्वीकार नहुने चेतावनी दिएका छन्। मैथिली विकास कोष जनकपुरले आयोजना गरेको जनकपुर साहित्य–कला अन्र्तष्ट्रिय नाटक महोत्सवलाई उदघाटन गर्दै उनले सरकार जनताको लेख्ने र बोल्ने अधिकारमाथि अंकुश लगाउने खोजेको आरोप लगाए। ‘सरकारले विद्येयक बनाएर समाजिक संजाल कस्न खोजेको छ, फेसबुक, टवीटरजस्ता समाजिक सञ्जालमा लेख्नबाट बन्देज लगाए हामीलाई स्वीकार्य हुँदैन,’ उनले भने। 

नेपालमा संघीयता वास्तविकता र आवश्यकता रहेको उल्लेख गर्दै देउवाले संघीयता बिरोधि गतिविधि काग्रेसलाई स्वीकार्य नहुने बताए। पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले मधेसी जनताको भावना अनुसार संविधान संशोधनकालागि कांग्रेस प्रतिबद्ध रहेको दावी गरे। नेपालमा नेपाली पछि दोश्रो धेरै बोल्ने मैथिली भाषा र सहित्यको प्रभाव व्यपक रहेको उनको भनाइ छ। प्राचीन शहर राजा जनकको राजधानी जनकपुर र मैथिलीको संरक्षणकालागि काग्रेस सधैँ सकारात्मक रहेको देउवाले उल्लेख  गरे। 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रदेश २ मा कामकाजी भाषा मैथिली र प्रदेशको नाम मिथिला राख्न सुझाव दिए। उनले प्रदेशको नाम मिथिला स्वीकार नभए मिथिला– भोजपुरा राख्नुपर्ने भन्दै यसबाहेकका नाम स्विकार्य नहुने चेतावनी दिए। मैथिली जन भाष मात्रै नभएर राजकाजको भाष भएकोले संरक्षणकालागि जनकपुरमा सुरु भएको महोत्सव प्रभाकारी हुने उनको भनाइ थियो।  

६ दिनसम्म चल्ने महोत्सवमा उदघाटन सत्रमा प्रध्यापक डा.रामाऔतार यादव, डा. राजेन्द्र बिमल सहित्यकार रमेश रंजन झा लगायतका वक्ताले मैथिलीको इतिहस बारे चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।