काठमाडौं- आज फागुन १८ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
काठमाडौं- बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए । नेपालमा पछिल्लोपटक बढिरहेको हवाई दुर्घटना शृंखलामा एउटा दुःखद घटना हो यो । यसले सिंगो मुलुकलाई तरंगित गर्यो । दुर्घटना छानबिनका लागि समिति गठन भएको छ । त्यसले अध्ययन गरेर रिपोर्ट दिनेछ। तर यसका सम्भावित कारण र पृष्ठभूमिबारे विज्ञहरुबाट विभिन्न अनुमान र तर्क आइरहेका छन् ।
खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् ।
ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
'हेलिकोप्टर दुर्घटना हुनुभन्दा एक दिनअघिको कुरा हो । म छिरिङलाई लिन उसकै घर बालुवाटार पुगेँ । मेरै गाडी चढेर हामी गफ गर्दै गल्फ क्लब गयौँ। भोलिपल्ट बाहिर जानु छ भन्दै थियो ऊ । सधैँ हिँडिरहने मान्छे। मैले पनि कहाँ किन भनेर धेरै सोधिनँ। सधैँजस्तो खेल्यौं र रमाइलो गफ गर्यौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले आफू कुनै पनि हालतमा रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव नड्ने स्पष्ट पारेका छन् ।
स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड स्पेनिस ला लागिमा आज (शनिबार) राती भिड्दै छन् । यि दुबै टोली यसै साता दोस्रो पटक आमने सामने हुन लागेका हुन् ।
वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको छ।
नेपाल–भारतबीचको पहिलो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिनको लागि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको रुख काट्ने काम सुरु भएको छ।
निर्माणाधीन तयारी पोशाक प्रशोधन केन्द्रमा करिब ४ करोड रुपैयाँ लगानीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ।
लामो समयसम्म नारायणगढ-काठमाडौं सडक खण्डको यात्रा कष्टकर बनेपछि हवाई सेवा प्रदायक कम्पनीका लागि स्थायी रुपमा व्यापार विस्तार गर्ने अवसर प्रमाणित भएको छ।
शुक्रबार राति दार्चुलाको निर्माणाधिन खलंगा–तिंकर सडक खण्ड अन्र्तगत श्रीभावर–तिमुरपाटामा दुखद् जीप दुर्घटना भयो। दुर्घटनामा परि ११ जना यात्रुले ज्यान गुमाए। ती ज्यान गुमाउने मध्ये एक थिइन् भरखरै बैवाहिक बन्धनमा बाधिएर पहिलो पटक माइति फर्किदै गरेकी २० वर्षीया स्नेहा बम।
नेकपाका नेता तथा पूर्व मन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ।
पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ। महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए। शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।
११ यात्रुको ज्यान जाने गरी शुक्रबार राति दार्चुलामा भएको जिप दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ ।
साहित्यकला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शनिबारबाट जनकपुरमा सुरु भएको छ। २३ फागुनसम्म चल्ने महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरेका छन्।
जापानका मुर्तिकार नोरिओ ताकाओमाले नेपालबारे थुप्रै सुनेका थिए। जापानको राजधानी टोक्यो नजिकैको साइतामा भन्ने सहर बासिन्दा ताकाओमाले आफ्ना केही साथीहरूबाट नेपाल सुन्दर देश भएको सुनेको बताए।
करिव २ वर्ष पछी गायक संजीव खरेलले आफ्नो नयाँ गीत ‘बादल’ बजारमा ल्याएका छन्। यसअघि उनले ‘मेरो मायामा’ बोलको गीत बजारमा ल्याएका थिए।
कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ।
सबैको सपनाको देश अमेरिका। सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन्। जहाँ भए पनि आफ्नो कला, संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा नेपालीभाषी भुटानीहरुले अमेरिकामा देखाएका छन्। नेपाली संगीत र सिनेमामा उनिहरुको योगदानले पनि यो प्रष्ट हुन्छ।
भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन्।
पाकिस्तानबाट भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानको रिहाइसँगै दुई परमाणु शक्ति सम्पन्न देशबीच उत्पन्न तनावमा कमी आउने आशा व्यक्त गरिँदैछ। उक्त पृष्ठभूमिमा प्रश्न उठ्छः यो पूरै सङ्कटका क्रममा धारणाहरूबीचको लडाइँमा आखिर कसको जित भयो?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४