शनिबार, साउन १६, २०८३

‘खानेपानी नभएको काठमाडौंमा पानीजहाज कहाँबाट आउँछ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।

कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दावी गरे।  ‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?’ सिंहले प्रश्न गरे।

सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले  मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री, सचिव कुरा मिलेको छैन,’ उनले भने।

सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको आरोप उनले लगाए। सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ। सांगाठानिक र बैचारिक रुपबाट प्रष्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।