शनिबार, साउन १६, २०८३

काठमाडौं जोड्ने सडक भत्किँदा सिमराको रनवे चम्कियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज - लामो समयसम्म नारायणगढ-काठमाडौं सडक खण्डको यात्रा कष्टकर बनेपछि हवाई सेवा प्रदायक कम्पनीका लागि स्थायी रुपमा व्यापार विस्तार गर्ने अवसर प्रमाणित भएको छ।

सन् २०१५ देखि सडक स्तरोन्नति र बिस्तारको काम सुरु भएयता भूकम्पका कारण सन् २०१५ मा हवाई मार्गबाट यात्रा गर्ने यात्रुको संख्या ओरालो लागे पनि त्यसपछिका वर्षमा क्रमशः ७२ प्रतिशत, १२।७१ प्रतिशत र ३६।६६ प्रतिशतले वृद्धि हुँदै गएको छ।

नारायणगढदेखि मुग्लिङसम्मको ३३ किलोमिटर दूरी छिचोल्दै काठमाडौंसम्मको यात्रा तय गर्न १८ घन्टाभन्दा बढी समय लाग्न थालेपछि सहज यात्राको विकल्प खोज्न बाध्य यात्रुले हवाई मार्गबाट यात्रा गर्नुपर्ने बाध्यता कायम भएको हो।

वीरगन्जबाट  काठमाडौंसम्मको यात्राको लागि मकवानपुरको कुलेखानी, फर्पिङ हुँदै जिप सञ्चालनमा रहे पनि यो बाटोमा यात्रा जोखिमपूर्ण मानिन्छ। अर्कोतर्फ यो सडक खण्डमा समेत दुई वर्ष अघिदेखि निर्माण कार्य जारी रहेकाले हवाई सेवामा यात्रुको स्वाभाविक आकर्षण बढ्न गएको हो।

सिमरा-काठमाडौं बस भाडाको तुलनामा हवाई भाडा ६ गुणा बढी छ। अहिले यो रुटमा हवाई भाडा दर ३ हजार १२० रुपैयाँ कायम गरिएको छ। 

सडक मार्गको यात्रा कष्टकर हुँदा यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका हुन्, निजी क्षेत्रको हवाई सेवा कम्पनीका एकजना कर्मचारीले भने, बस भाडाको तुलनामा महँगो भए पनि एकपटक आरामदायी हवाई यात्राको अनुभव लिएपछि आर्थिक क्षमताले भ्याउनेहरु सडक मार्गबाट यात्रा गर्न रुचाउँदैनन्।

सिमरा विमानस्थलबाट हवाई यात्रा गर्नेमध्ये ५० प्रतिशत भन्दा बढी भारतीय पर्यटक हुने गरेका छन्। व्यापारिक यात्रु ३० प्रतिशत र बाँकीमा सर्वसाधारण, राजनीकर्मीलगायतका यात्रु रहेको छन्। 

सन् २०१७ को तुलनामा २०१८ मा यो विमानस्थल हुँदै सिमरा-काठमाण्डौ-सिमरा उडान गर्ने यात्रुको संख्या चाप ३६.६० प्रतिशतले वृद्धि भएको हो। सन् २०१७ मा यहाँबाट ८८ हजार ७७१ यात्रु ओहोरदोहोर गरेकोमा सन् २०१८ मा एक लाख २१ हजार २८१ यात्रुले यो विमानस्थलको प्रयोग गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०१६ मा दुईतर्फी यात्रुको संख्या  जम्मा ७८ हजार ७५६ रहेको थियो। 

प्राधिकरणअन्तर्गतका अति व्यस्त सात घरेलु विमानस्थलमध्येको सिमरा विमानस्थलबाट हुने उडान र अवतरण दुवैमा यात्रुको संख्या 'अकुपेन्सी' समेत ९५  प्रतिशतभन्दा बढी छ।  गत वर्ष काठमाडौंबाट सिमरा विमानस्थलमा ६० हजार ९८७ यात्रु अवतरण गरेका थिए भने यताबाट काठमाडौं उडान गर्ने यात्रुको संख्या ६० हजार २९४ रहेको थियो। 

यात्रुको चाप सन्तोषजनक भएकाले नै विमान सेवा कम्पनीले यो हवाई रुटको भाडादर अन्य रुटमा झैं कटौती गर्दैनन्। हवाई इन्धनको मूल्य घटबढ हुँदाबाहेक अन्य अवस्थामा यो रुटमा वर्षैभरि दुवै गन्तव्यका लागि भाडादर समान रहने गरेको छ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी घोषित जनकपुर विमानस्थलमा काठमाडौंबाट बिहान चार वटा उडान हुँदै आएकोमा सिमरा विमानस्थलबाट बिहानदेखि रातको समयसम्म
दैनिक १० पटक काठमाडौं-सिमरा-काठमाडौं हवाई उडान हुने गरेको छ। 

विमानस्थल प्रमुख हिराजन काफ्लेले गत भदौ देखि रात्री उडान सेवा सञ्चालनमा ल्याइएकोमा अब ठूलो विमान उडान र अवतरणका लागि धावनमार्ग विस्तार कार्य भइरहेको जानकारी दिए।
जम्मा ३६ नटिकल माइल्स दूरीमा रहेको यो रुटमा ११ देखि १३ मिनेट अवधिमा विमानले गन्तव्य समको उडान पुरा गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।